के गगन र बिश्व प्रकाशले नयाँ काङ्ग्रेस बनाउने आट गर्लान
नेपालको इतिहासमा नेपाली काङ्ग्रेस सबैभन्दा पुरानो पार्टी हो २००६ सालमा जन्मिएको काङ्ग्रेस उमेरले ७४ बर्ष पुगे सगै आफै खिइदै र दुब्लो बन्दै गएको छ अरुको बैसाखीको भरमा उभिने भएको छ । पार्टीको आस्था बिचार सिद्धान्तमा धमिरा लाग्न थालिसकेको छ बुढा र पुरानै सोच बोकेका शीर्ष नेताहरूले पार्टीलाई कब्जा गरेका छन नयाँ बिचारलाई निशेध गर्ने गरेका छन पार्टीलाई समयानुकूल जनमतको चाहना अनुसार चलाउन सकेनन तर युवा जोस जागर भएका दुई होनहार गगन र बिश्व प्रकाश अहिले पार्टीका महामन्त्री जस्तो शक्तिशाली पदमा छन उनीहरुले नयाँ सोच नया भिजन पार्टीमा लागू गरेर पार्टीलाई पुनर्जीवित गर्नु अनिवार्य जस्तै भएको छ अर्को तिर जनताले नयाँ नयाँ विकल्प खोज्न र रोज्न थालिसकेका छन यसको तथ्य गत निर्बाचनले पुष्ठि गरिसकेको छ । त्यसैले अब काङ्ग्रेस लाई नया जीवन दिएर पुन पार्टीलाइ अगाडी बढाउन गगन बिश्व प्रकाश जस्ता होनहार काङ्ग्रेसी युबाले ढिलो गर्ने हो भने कुनै दिन काङ्ग्रेसको बीउ समेत नरहन सक्छ ।