यात्री बाट यात्रा शुरु
नेपालमा मोटरसाइकल चढनेको संख्या ज्यादै ठुलो छ जति माग हुन्छ सबै बिदेशी उत्पदनमै भर पर्नु पर्छ बिदेशी बाट आयात गर्दा झन्डै दुई सय पचास प्रतिशत सम्म बिभिन्न किसिमको कर लगायत भन्सार शुल्क तिर्नु पर्ने बाध्यता छ यी बाध्यताका बाबजुद भर्खरै मात्र नेपालमा यात्री नामको मोटरसाइकल उत्पादन शुरु भएको छ उत्पादन भए पश्चात पनि विभिन्न कानुनी अड्चन देखिए आफ्नो देशको उत्पादन दर्ता गर्न बिक्रीवितरण गर्न पाउनको लागि अनशन नै बस्नु पर्यो बल्लतल्ल यसले राज्य बाट दर्ता अनुमती पायो र बिक्रि वितरण शुरु भएको छ । अब हामी सबैले आफ्नो देशका बैज्ञानिकहरुले निर्माण गरेको यात्री मोटरसाइकल प्रयोग गरौ राजस्व बिदेश पलायन हुन नदिइ स्वदेशी उत्पादनलाई प्रोत्साहन गरौ ।