अवैधरुपमा बनाएका संसरचनाहरू भत्काउदै ललितपुर महानगर
काठमाडाैं १७ साउन । ललितपुर महानगरपालिकाले अवैधरुपमा बनाएका संसरचनाहरू भत्काउन सुरु गरेको छ। आज बिहान महानगरीय प्रहरी बलले सातदोबाटोस्थित चक्रपथ छेउको तीनवटा नक्सा पास नभएका बाटाे छेउमा बनाइएका टहराहरु भत्काएको छ।मापदण्ड विपरीत सडकको जग्गा मिची बनइएका अनावश्यक टहरामा महानगरले डोजर चलाएको हो। काठमाडौं महानगरले सुरु गरेको सार्वजनिक सम्पत्तिको संरक्षण र अवैध घरटहरा भत्काउने अभियान हाल अन्य स्थानीय तहहरूले पनि सुरुवात गरेका हुन ।