पुर्बी नेपालको गहना बन्दै मिस यु पार्क रिसोर्ट
संखुवासभाको खादबारी पुर्बी नेपालको प्रमुख पर्यटकीय र धेरै संभावना बोकेको शहर हो यहाँ स्वदेशी तथा बिदेशी पर्यटक तथा उद्धमीहरुको चहलपहल हुने गर्छ रुद्राक्षको कारोबारको प्रमुख केन्द्र खादबारीमा बढी जसो चीनिया ब्यापारीहरु आउने र बस्ने गर्दछ्न । स्वदेशी तथा बिदेशी पर्यटक र ब्यापारीहरुलाइ सेवा सुबिधा दिने उदेश्यले स्थानीय युवा उद्धमी एबम होटेल ब्यबसायी सन्जय देवानले करोडौंको लगानीमा अत्याधुनिक सुबिधा सप्पन्न मिस यु पार्क रिसोर्ट निर्माण गरि संचालनमा ल्याएका छ्न । आफ्नै देश र आफ्नै ठाँउलाई सुबिधा सम्पन्न र बिकशित बनाउनु पर्छ भन्ने उदेश्य बोकेर उदाहरणिय बनेका देवान आफैले रिसोर्टमा आबस्यक पर्ने तरकारी माछा मासु जन्य बस्तुहरु आफै उत्पादन गर्ने गरेका छ्न यसबाट स्थानिय बासिन्दाहरुलाइ रोजगारीको अबसर समेत मिलेको छ । संखुवासभाको मिस यु पार्क रिसोर्ट संखुवासभामा मात्रै नभएर नेपालकै एक चर्चित रिसोर्ट बन्दै गएको छ ।