बिधुत प्राधिकरण आठ बर्षमा नाफा ४७ अर्ब
काठमाडाैं २५ साउन । नेपाल बिधुत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पत्रकार सम्मेलन गरि आफनो कार्यकालमा भएका उपलब्धिहरु सार्वजनिक गरेका छन ।
तेस्रो बर्षको कार्यकाल पुरा भएको अवसर पारि शुक्रबार प्राधिकरणले पत्रकार सम्मेलन गरेको हो ८ वर्ष अगाडि ३४ अर्ब ६१ करोड घाटामा रहेको प्रधिकरण अहिले ४७ अर्ब ४१ करोड नाफा रहेको बताएका छन । प्राधिकरणमा अहिले ५९ लाख ग्राहक पुगेको २२ लाख ग्राहकको शुल्क ३० रुपैया रहेको सिँचाइका लागि प्रति युनिट २ रुपैया लिफ्टिङ खानेपानीमा डिमान्ड शुल्क नलाग्ने विधुतीय सवारि साधनलाइ प्रोत्साहन चार्जिङ स्टेसनमा सहुलियत गरेको घिसिङले जानकारी दिए ।