नवलपरासीमा सर्पले टाेक्दा महिलाकाे मृत्यु
काठमाडौं ३० असार । पश्चिम नवलपरासीकाे प्रतापपुर गाउँपालिका ८ गंगापुरकी ३२ वर्षीय रुना पाललाई सर्पले टाेक्दा मृत्यु भएको छ ।आइतबार बिहान करिब ४ बजेतिर सुतिरहेकै स्थानमा पाललाई सर्पले टोकेको हाे टोकाइबाट बेहास भएकी पाललाइ परिवारले लगतै उपचारको लागि सर्पदंश उपचार केन्द्र त्रिवेणी क्याम्प पुर्याएका थिए। त्यहाँ उपचार हुन नसकेपछि पाललाई जिल्ला अस्पताल नवलपरासी पठाइएको थियो उपचारकै क्रममा उनको मृत्यु भएको हाे ।