अमेरिकामा गोली हानी नेपाली युवाकाे हत्या
काठमाडौं १५ साउन ।अमेरिकाको टेक्सासमा लुटेरा समूहले गोली हानी ग्याँस स्टेशनमा काम गर्ने एक जना नेपाली युवाकाे हत्या गरेको छ । रुकुम पश्चिम बाफिकोट गाउँपालिका-१० सेजेका ३० वर्षीय दीपक ओलीलाई लुटेराले गोली हानेर हत्या गरेको मृतकका काकाले परिवारलाई बताएका हुन् ।आइतबार बिहान करिब ५ बजे आएका लुटेराको समूहले गोली हानी हत्या गरेको हो । मृतक वली ७ महिनाअघिमात्र अवैध बाटाे हुदै अमेरिका पुगेका थिए ।उनका श्रमती र एक छोरी पनि छन् ।