गृह जिल्लामा भोट माग्दै परेश राई
गायन रियालिटी शाे मेराे भ्वाईस युनिभर्सकाे फाईनल चरणमा प्रवेश गरेका परेश राई यस बेला गृह जिल्ला संखुवासभामा छन् खाँदबारी आएका परेश दिनभर भाेट माग्न मै ब्यस्त भए ।
खाँदबारी बजार क्षेत्रमा संक्षिप्त घरदैलाेमा खटिएका उनले करिव आधा दर्जन गीत गाएर सवै सामु भाेटकाे अपिल गरे । यस पटककाे अन्तिम पटक भाेट दिन पाउने अवसर भएकाेले सवैले सकेकाे सहयाेग गर्न उनले आग्रह गरे ।