नेपाली उत्पादनलाई समर्थन गरौं, ताजा र स्वादिलो आँपको आनन्द उठाऔं नारा सहित आप मेला सुरु
काठमाडौँ, ७ असार। नेपाली उत्पादनलाई समर्थन गरौं, ताजा र स्वादिलो आँपको आनन्द उठाऔं’ भन्ने नाराका साथ आज वाट आप मेला सूरु भएकाे छ। ।नेपाली आँपलाई बजारीकरण गर्नका लागि आप मेला सूरु भएको हाे । आँपको मेला पानीपोखरीस्थित वालनट विस्ट्रो, -ललितपुरकाे द हेरिटेज गार्डेनमा सुरु भएकाे हाे । काठमाडौँ अर्ग्यानिक, किसान भेन्चर र काठमाडौँ अर्गानिक्सले संयुक्त आयोजना गरेको आप मेला असार ७ गते देखी ९ गते सम्म रहनेछ । नेपाली किसानलाइ प्रोत्साहन गर्दै आप मेला आयोजना भएको हो । सर्लाही, सप्तरी र सिराहाका मालदह, जर्दा, बम्मई, गुलाब खास, अम्रपाली, कलकत्तिया, दसहरीलगायत १५ प्रकारका आँपहरू उपलब्ध हुनेछन् ।