कर्णालीको यातायात खच्चड :
काठमाडौ , ५ असार । बर्सेनि खरबौको बजेट यातायात क्षेत्रमा बिनियोजन गरिन्छ तर कर्णालीमा आज सम्म पनि खच्चडले बोकेकै भरमा जनताले नुन र चामल खाने गरेका छन देशमा ठुला क्रान्ति भए परिबर्तन आए तर कर्णालीले कुनै त्यस्तो परिबर्तन र बिकासको अनुभव गर्न पाएन । यस बर्ष पनि खरबौको बजेट यातायात क्षेत्रमा छुट्टयाइयो तर कर्णालीले गाडी चल्ने सडकको लागि बजेट पाएन । जो सरकारमा हुन्छ जो अर्थमन्त्री हुन्छ बजेट वितरणमा उसैको मनमौजी हुने गर्दछ । बजेट मुख्यत प्रधानमन्त्री अर्थमन्त्री प्रभाबशाली नेता र प्रभावशाली मन्त्री कै क्षेत्रमा मात्र खन्याउने गरिन्छ । एउटै राज्यका जनता उपेक्षित र तेरो मेरो हुने गरि ल्याइएको बजेटले के बिकास होला के समृद्धि होला ? सबै जनतालाइ समान रुपले हेर्नसक्ने असल नेता देशले कहिले पाउला ।