जलहरी प्रकरण थामथुम
तत्कालीन प्रधानमन्त्री केपी ओली माथी पशुपतिको जलहरी बनाउदा ११ किलो सुन गायब गरेको आरोप लगाउदै माओवादी सासदले सदनमा प्रश्न उठाएपछी ओलीको बचाउमा एमाले सासदहरुले नाराबाजी गर्दै हिजो ससद बैठक नै अबरुद्ध गरे तर आज काङ्ग्रेस एमाले माओवादी तीन दलको बैठक बसी अब आइन्दा ओलीलाइ भ्रष्टाचारमा न जोड्ने र एमालेले सदन पनि अबरुद्ध नगर्ने सहमति भयो रे ! वाह रे वाह सहमति होस त यस्तो राजनीति होस त यस्तो काले काले मिलेर खाउ भाले! अनि तीन दल बाहेक अरु दल खोइ कता बिलाए ? अरु दलको अस्तित्व खोइ ? अरु दलको कर्तव्य जिम्मेवारी र जनता प्रतिको भरोसा खोइ ? तीन दलले हामिलाइ बोलाएनन मात्रै भनेर पन्छिन मिल्छ ?