हर्क साम्पाङ र वडा अध्यक्ष बिच सहमति
धरान उपमहानगरपालिकामा बिगत केही समय देखि मेयर हर्क साम्पाङ र वडा अध्यक्षहरु लगायत कार्यपालिका सदस्यहरु बिच विवाद हुँदै आएको थियो मेयरले आफुहरुलाइ अपमानित गरेको अपहेलना गरेको भन्दै मेयरले बोलाएको बैठक समेत बहिष्कार गर्दै आएका थिए यता मेयरले भने आफुहरुले गरेको हरेक राम्रा कामहरूमा बाधा अवरोध गरेको असहयोग गरेको र आउदो बजेट समेत पास गर्न असहयोग गरेको भन्दै उनीहरुको राजिनामा सनेत माग्दै आएका थिए । तर हिजो बसेको बैठकमा वडा अध्यक्षहरुले उठाएका मागहरु मेयर साम्पाङले सम्बोधन गर्ने आश्वासन दिएपछि महिनौ देखि रोकिएको बैठक सौहार्दताका साथ सप्पन्न भएको छ ।