बुद्धको देशमा शान्तीको खोजी
आज बिश्व भर २५६७ औ बुद्ध जयन्ति मनाइदै छ यस अबसरमा बुद्धको पबित्र जन्म भुमि लुम्बिनीमा भब्यताका साथ विभिन्न कार्यक्रमको आयोजना गरि बुद्ध जयन्ति मनाइदै छ , संसारमा बुद्धले प्रतिपादन गरेको धर्मको मूल मन्त्र शान्ति र अहिंसा हो तर बुद्ध जन्मेकै देश नेपाल आज अशान्ति र हिंसाको सिकार बन्न पुगेको छ , हाम्रो देशमा अराजकता , अन्याय, अत्याचार, हत्या ,हिँसा ,बलात्कार , भ्रस्टाचारले चरम पार गरिसकेको छ नियम कानुन पालना गर्ने गराउने व्यक्ति निकाय र स्वयम् सरकार बाट नै यस्ता कुकृत्यहरु नाङ्गो रुपमा भैरहेका छन , राज्य संचालन गर्ने उच्च ओहोदा र पद प्रतिष्ठामा रहेका मानिसहरु बाटनै देश र जनता आजको बिकराल अवस्था मा पुगेका छन् , राज्यको श्रोत साधन ढुकुटी लुट्ने आफु आफ्ना स्वास्नी छोरा छोरी बुहारी भाइ भतिजा ज्वाई सम्धी देखि रखेल सम्मलाई पद बाड्ने सुबिधा भोग गर्ने गराउने अनि भ्रष्ट बन्ने जुन निच प्रवृती राजनीति दलका नेताहरुले देखाए त्यहि प्रवृतीको कारण आज नेपाल दिनानुदिन असफल राष्ट्र बन्ने ओरालो बाटो तर्फ लागिरहेको छ , देशमा कल कारखाना उधोग धन्दा केहि छैन किसानले समयमा मल बिउ पाउदैनन रोजगारीको कुनै सम्भावना छैन अनि दैनिक हजारौको संख्यामा होनहार युवाहरु विदेश पलायन हुन बाध्य भएका छन् , आफ्ना बालबच्चा हुर्काउन बढाउन शिक्षा दिक्षा दिन र उनीहरुलाई सुरक्षित राख्न सक्ने अबस्था छैन कसको ज्यान कतिबेला जाने हो को कसकी छोरी कतिबेला बलात्कारको शिकार भएर ज्यान गुमाउने हुन् कसैलाई थाहा हुन्न , नत राज्यले सुरक्षित हुने कुनै ग्यारेन्टी गर्न सक्छ नत घरपरिवारले नै , जुन देशमा अहिंसा बादी र शान्तीका दुत बुद्ध जन्मे यहि देश नेपालको यस्तो जर्जर अबस्था लेखिरहदा यी हातहरु कापिरहेका छन् तर पनि बिबस भएर लेख्नु परेको छ बिश्व सामु हामी बुद्ध जन्मेको देश नेपालका नागरिक भन्न पनि शिर निहुरिने अबस्था छ , त्यसैले हामी साच्चै बुद्ध धर्मको अनुशरण गर्ने हो भने हामीले हाम्रा खर्राब कर्म खराब आचरण खराब नियतलाइ त्यागेर इमान्दार कर्तब्यनिष्ठ पारदर्शी बन्न सिकौ आफ्नो स्वार्थलाई त्यागौ समाज देश र जनतालाइ सर्बोपरी ठानेर प्रत्येक नागरिकले आफ्नो काम कर्तब्य लाइ इमान्दारिताका साथ् बहन गरौ अशान्ति र हिँसा यहि बाट सदाको लागि अन्त्य हुनेछ अनि हामीले हाम्रो जिबनमा खोजेको शान्ती र सम्बृद्धिको ढोका खुल्ने छ अनि साच्चिकै बुद्धको जन्मभूमि नेपाल हुनुको अर्थ बन्नेछ अनि बुद्ध जयन्ती मनाउनुको पनि उदेश्य पुरा हुनेछ बुद्ध लाइ पनि न्याय मिल्ने छ /