स्याङजामा नगरपालिकाले विपन्न परिवारलाई घर उपहार
काठमाडाैं १६ साउन । स्याङजाकाे चापाकोट नगरपालिकाले नगर क्षेत्रका बिभिन्न विपन्न ६ परिवारलाई उपहार स्वरुप घर निर्माण गरिदिएको छ । चापाकोट १० बस्ने माया भट्टराई र सोही पालिका ४ घुर्लीचौरका केशबहादुर दमैको परिवार लगायतअरु चार विपन्न परिवारलाई नगरपालिकाले मङ्गलबार घर हस्तान्तरण गरेकाे हो ।
चापाकोट नगरपालिकाको विपन्न नागरिक आवास पुनःस्थापन कार्यक्रम र प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि विनियोजन भएको रकमबाट दुईकोठे घर निर्माणपश्चात् हस्तान्तरण गरिएको नगरप्रमुख देवबहादुर खाणले बताए । प्रतिघर रु दुई लाख ८० हजारका दरले रु १६ लाख ८० हजारको लागतमा छ वटा घर निर्माण गरी हस्तान्तरण गरिएको खाणले बताए । नगरपालिकाका वडा नं १ र ७ मा एक–एक घर तथा वडा नं ४ र १० मा दुई–दुई घर निर्माणपश्चात् हस्तान्तरण गरिएको बताएका छन ।