पर्यटकीय स्थल पाेखरामा सार्वजनिक यातायात बन्द
काठमाडाै् १३ साउन । पोखरामा आज बिहानदेखि सार्वजनिक यातायात सञ्चालन आएका छैनन् । गण्डकी प्रदेश सरकारले ‘राइड शेयरिङ’लाई वैधानिकता दिन लागेको विरोधमा सार्वजनिक चल्ने बस, ट्याक्सी, जिपसहित यात्रीवाहक सवारीसाधन यातायात व्यवसायी र मजदुरले आजदेखि प्रदेशमा यातायात ठप्प गराएका हुन् सार्वजनिक यातयात बन्दा भएपछि सर्वसाधारणलाई आवतजावत गर्न समस्या परेकाे छ ।सार्वजनिक यातायात सञ्चालन नभए पनि निजी सवारीसाधन भने सञ्चालन भइरहेका छन्।
सार्वजनिक चनाउने यातायात व्यवसायीसँग परामर्श नगरी एकलौटी रुपमा निजी सवारीसाधनलाई यात्री ओसारपसार गर्न वैधानिकता दिन लागिएकोप्रति यातायात व्यवसायी महासङ्घको आपत्ति जनाएकाे र भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय र जिल्ला प्रशासन कार्यालयमा बुझाइएको सातबुँदे मागमा सम्बन्धित कुनै चासो नदेखाएपछी प्रदेशभर सार्वजनिक यातायात घर तथा ग्यारेजमा राखेर यातायात बन्द गरिएको जानकारी दिएका छन ।