फुटपाथ विस्तारको विरोधमा वडाध्यक्ष सहित स्थनिय आन्दाेनलमा उत्रिए
काठमाडाैं ४ साउन । न्युराेड क्षेत्रको फुटपाथ विस्तारको विरोधमा वडाध्यक्ष सहित स्थनिय उत्रिएका छन । जुद्ध वारुण यन्त्र रहेको कार्यालयमा महानगर प्रहरीहरु रहेको भन्दै त्यहाँ छिर्न खोजेको भीडलाई महानगर प्रहरीले रोक्ने क्रममा दुवै पक्षबीच आन्दाेलन चर्किएकाे हाे । यस अघिपनि महानगरले फुटपाथकाे काम सुरु गरेकाे थियाे सडक डिभिजनले अवराेध गरेपछि महानगरले उच्च अदालत पाटनमा रिट दाएर गरेकाे थियाे पाटनले फुटपाथ विस्तार नरोक्न सडक विभागका नाममा अन्तरिम आदेश दिएपछि महानगरले बुधबारदेखि पुन फुटपाथ विस्तारको काम सुरु गरेको थियो ।उच्च अदालतकाे आदेश मान्दैनाै भन्दै २२ नम्बरका वडाध्यक्ष चिनकाजी श्रेष्ठले आन्दोलनको नेतृत्व गरेका छन् ।