न्युराेडमा फुटपाथ विस्तार पुन शुरु
काठमाडाैं २ असार । काठमाडौँ महानगरपालिकाले न्युराेडमा मा फुटपाथ विस्तारको काम सुरु गरेको छ । उच्च अदालत पाटनबाट आदेश आएसँगै काठमाडौँ महानगरपालिकाले बुधवार बिहानैदेखि न्युराेडमा फुटपाथ विस्तारको काम सुरु गरेको हाे । महानगरपालिकाले पैदल मार्ग सागुराे भएर फुटपाथ सुधारका लागि थालेको काम सडक डिभिजन कार्यालयले अवराेध गरेपछि महानगरले उच्च अदालत पाटनमा रिट दायर गरेको थियो । सडक डिभिजन कार्यालयले रोकिएको काम उच्च अदालत पाटनबाट महानगरपालिकाले माग गरेबमोजिमको अन्तरिम आदेश दिएपछि फुटपाथ विस्तारको बाटो बुधबार देखि सुरु गरेकाे हाे ।