नगरसभा बहिस्कार पछि बालेनको चेतावनी
असार २, काठमाडौं । काठमाडौं महानगरका प्रमुख बालेन शाहले ३ जना नेताले गर्दा १६० जना जनप्रतिनिधिको बोल्ने अधिकार हनन भएको भन्दै नेपाली कांग्रेस र नेकपा एमालेका वडाध्यक्षहरुलाई पार्टीको धङ्धङ्गी बोकेर नगरसभामा नआउनु हाेला भन्दै चेतावनी दिएका छन् । महानगरको कुनै पनि नीति, योजनाबारेमा छलफल बन्द कोठामा हुँदैन जे हुन्छ, हरेक नागरिकले चासो गर्दा देख्न सकिने गरी हुन्छ । यही कारण हामीले नगरसभा लाइभ गर्ने गरेका हौँ भन्दै
सामाजिक सञ्जाल मार्फत आक्रोश पोखेका हुन् ।