फ्रान्समा हिंसा भट्कियो
फ्रान्सको राजधानी पेरिसको उपनगरमा गएको मंगलबार एक १७ वर्षीय किशोर नाहिल एमको हत्यापछि हिंसात्मक प्रदर्शन चर्किएको छ हिंसात्मक प्रदर्शनका क्रममा पेरिस, लिल, लियोंन, दिजोँ, नतेयर, मासेई, क्लामालगायतका सहरमा सयौँ गाडी र भवन जलाइएको छ प्रदर्शनका क्रममा २ सय ४० जना प्रहरी घाइते भएका छन् । अहिलेसम्म ८ सय ७५ जना भन्दा धेरै व्यक्ति पक्राउ परेका त्यहाका अधिकारीले बताएका छन हिंसाको तेस्रो दिन एकै रातमा ६ सय ६७ जना पक्राउ परेका छ्न ।