मिचिएको नेपाली भुमी फिर्ता नहुने भारतको संकेत
नेपाल मामिलाका जानकार ,भारतीय बरिस्ठ कुटनितिज्ञ तथा राजनीतिक बिश्लेषक एस डि मुनिले हिजो एक अन्तरबार्ताको क्रममा नेपालका कुनै नेता असली कम्युनिस्ट नभएको बताएका छ्न उनले प्रचण्ड ओली माकुने र झलनाथको नामै लिएर ठोकुवाका साथ भने कि नेपालमा कोहि कम्युनिस्ट छैनन र देशभक्त पनि छैनन उनलाई न देशको चिन्ता छ न जनताको यदि उनिहरु देश प्रेमी भएको भए नेपाल अहिलेसम्म विकसित बनिसकेको हुन्थ्यो । सिमा विवाद बारे सोधिएको प्रश्नमा उनले भने यसको मुख्य जिम्मेवार नेपाल आफै हो जुन बिबादित भुभाग ( कालापानी लिपुलेक लिम्पियाधुरा ) आपसी समझदारी नगरी नेपालले एकलौटी ढंगले नक्शामा समाबेश गर्यो र त्यसलाइ संविधानको अङ्ग बनायो यसबाट भारत सन्तुष्ट छैन मुनिले भनेका छन । यसबाट के स्पष्ट हुन्छ भने भारतले मिचेका कुनै पनि नेपाली भुभाग फिर्ता हुने छैनन ।