आफ्ना प्रियजनकाे मृत्यु हुदाँ औंलाको माथिल्लो भाग काट्छन् दानी महिलाहरू;
काठमाडाैँ १२ असार। इन्डोनेशियाको दानी आदिवासीमा यस्ताे रीति रिवाज छ दानी जातिका महिलाहरूले आफ्ना प्रियजन वा आफन्तको मृत्यु पछी तिनको सम्मान र शोकको संकेतको रूपमा आफ्नो आफ्नो औंलाको माथिल्लो भाग काट्नुपर्छ । आदिवासीहरूका लागि यो मान्यता निकै विशेष रहेकाे छ । यो प्रथाको उद्देश्य पीडाको प्रतीक मानिन्छ जुन कुनै प्रियजनलाई गुमाएपछि कैयौँ मान्छेहरू प्रायजसो आफ्नो जीवनकालमा आफ्ना लगभग सबैजसो औँला काट्छन् ।