दक्षिण कोरियाको लिथियम ब्याट्री कम्पनीमा आगलागी ;
काठमाडाैँ , १० असार । दक्षिण कोरियाको सियोलबाट ४५ किलोमिटर दक्षिणमा रहेको ह्वासेयोङस्थित लिथियम ब्याट्री निर्माता कम्पनी अरिसेलको प्लान्टमा बिहान १०ः३० बजे आगलागी भएकाे हाे। घटनास्थलबाट कम्तीमा २० जनाको मृत शरीर निकालिएको केही व्यक्तिलाई घाइते अवस्थामा उद्धार गरिएको छ भने अन्य कामदारकाे खाेजीकार्य भइरहेकाे छ।