अत्याधिक गर्मीले हज गर्न गएका १३ सय बढी तिर्थ यात्रीको मृत्यु
काठमाडाैँ, १० असार । चरम गर्मी, शारीरिक थकान, ठूलो भिडभाडका कारण इस्लाम धर्मावलम्बीहरूको पवित्र तीर्थस्थल साउदी अरबको मक्कामा गर्ने धार्मिक यात्रा ‘हज’का क्रममा १३ सय १ जनाले ज्यान गुमाएका छन । मक्कामा ५१ दशमलव ८ डिग्री सेल्सियससम्मको तापक्रम रहेको र हिट स्ट्रोक तथा गर्मीजन्य कारणले धेरै तीर्थयात्रीले ज्यान गुमाउनु परेको बताइएको छ । मन्त्रालयका अनुसार दर्ता नगराई पुगेका तीर्थ यात्रीमध्ये करिब १ लाख ४० हजारलाई स्वास्थ्य उपचार प्रदान गरिएको र केहीको उपचार जारी रहेको मन्त्रालयले जनाएको छ ।