राई माइलाले गाउँ छोड्याे रे .......
अहिले चर्चामा रहेको यो गित साच्चै नै हालको नेपालीको गाउँ घरको यथार्थ कथा बोकेको मन छुने गित बन्न पुगेको छ । बेरोजगार नेपाली समाजमा राई माइलो जस्तै लाखौं नेपाली युवाहरु आफ्नो प्यारो गाउँ घर र आफन्तजनलाई छोडेर परदेश जान बिवश छन देशमा ब्याप्त अस्थिर राजनीतिक अबस्था ओरालो लागेको उत्पादन र दयनीय आर्थिक अबस्थाले दैनिक जसो दशौ हजार युवाले देश छोडेर हिंड्न् बाध्य छन । यसरी दैनिक हजारौं नेपाली परदेसीदा पहाड देखि तराई सम्मका हजारौ घर खाली र खण्डहरमा परिणत हुँदै गएका छन ।