पढ्न उमेरले छेक्दैन
रामेछापकी ८० बर्सिया रत्नकुमारी सुनुवारले हिजो प्रकाशित कक्षा १२ को परीक्षामा २.६४ जीपीएका साथ उत्तीर्ण गरेकी छिन। रत्नकुमारीले काठमाडौंको शान्तिनगरस्थित बानेश्वर क्याम्पसबाट १२ कक्षाको बोर्ड परीक्षा दिएकी थिइन् । उनी २०५७ सालमा कक्षा १ मा भर्ना भइन्। ग्रामीण विकास, समाजशास्त्र र जनसञ्चार विषय लिएर पढेकी उनी नियमित विद्यालय जाने गर्थिन् ।रामेछाप चरिकोट अड्डामा जन्मेकी रत्नकुमारीका चार छोराछोरी र सात नातिनातिना छन् । रत्नकुमारीले कोरोना आएका बेला एसईईको परीक्षा दिएकी थिइन् ।