म्याग्दीको गलेश्वरलाई बिश्व सम्पदा सुचिमा राख्न पहल
म्याग्दी जिल्लाको बेनी नगरपालिका ९ मा रहेको गलेश्वर शिबधामलाई बिश्व सम्पदा सुचीमा राख्न माग गर्दै नगरपालिकाले पहल थालेको छ पबित्र धार्मिक स्थल मुक्तिनाथ जाने बाटोमा पर्ने यो मन्दिर क्षेत्र एउटै ढुङ्गा ( शिलापत्र ) मा रहेको छ हजारौं भक्तजनहरु आउने यस शिबधामलाई बिश्व सम्पदा सुचीमा सूचीकरण गर्न विभिन्न क्षेत्र बाट पहल थालिएको नगर प्रमुख सुरत केसीले बताए ।