काठमाडौंमा सिसा माथि हिंड्न् मिल्ने टावर बन्यो
काठमाडौंमा सिसा माथी हिंड्न् मिल्ने टावर तयार भएको छ । यो स्काइ-वाक काठमाडौं उपत्यकाकै अग्लो संरचना हो। यहाँ चढ्न १००० रुपैयाँ लाग्छ भने बच्चाहरु निशुल्क र ७० बर्ष भन्दा माथिका मानिषलाई ५०% छुट छ । एक पट्कमा यहाँ ५०० जनाले माथीबाट अवलोकन गर्न सकिन्छ । टावर ७८ मिटर अग्लो छ जसमा २५ तला छन्। टावरको २३ औं र २४ औं तलामा रेस्टुरेन्ट हुने छ। यहाँको पार्किङमा दुई सयभन्दा बढी चारपांग्रे र पाँच सयभन्दा धेरै दुईपांग्रे सवारी अट्छन्।