राष्ट्रिय मुद्धामा केन्द्रित बनौ
हाम्रो देश अहिले जटिल अबस्थाबाट गुज्रिरहेको छ आर्थिक मन्दी, चरम भ्रस्टचार, अस्थिर राजनीति र बैदेशीक हस्तछेप यसका प्रमुख कारण हुन् कोरोनाकाल देखि सिथिल भएको अर्थतन्त्र अहिले झन् खस्किदै गएको छ उधोग कल कारखाना बन्द छन , कुनै रोजगारीको अवसर छैन कृषिमा सरकारको कुनै उत्पादनमुखी र बजार मुखी नीति छैन दैनिक आवश्यक पर्ने खाध्य बस्तु आयात मै निर्भर रहनु पर्दछ , अर्को तर्फ जिम्मेवार सरकारी निकायका प्रमुख ब्यक्तिहरुनै हरेक क्षेत्रमा भ्रष्टचारमा लिप्त भएका हुन्छन जनता मा पुग्नु पर्ने सेवा सुबिधा अनुदान आदि समेत नेता कार्यकर्ता र कर्मचारी मिलेर आफै खाने दाउमा हुन्छन यो हुनुको पछाडी अस्थिर राजनितिनै प्रमुख कारण हो भने देस कमजोर भएको अबस्थामा बाह्य हस्ताक्षेप स्वभावैले बढ्ने नै हुन्छ , त्यसैले यी सबै कुराहरुमा सुधार ल्याउनको लागि सबै राजनितिदलहरु एकै ठाउमा आइ रास्ट्रीय मुद्धामा केन्द्रित भएर देशलाई सुशासन आर्थिक सुधार र राजनीतिक स्थिरता दिन जरुरी छ ;