सबै मिलौ भ्रष्टाचारको अन्त्य गरौ
आज बिश्व एक्काइसौं सताब्दीमा दौडिरहेको छ बिज्ञान प्रबिधिको तीब्र बिकास सगै शक्ति रास्ट्रहरु चन्द्रमा र मंगल ग्रहमा मानव बस्ती बसाउन होडबाजी गरिरहेका छ्न मानबले गर्ने काम यन्त्रमानवले गर्न थालिसके टेेस्ट्युब बेबीको युग आइसकेको छ तर हाम्रो देश नेपाल आज सम्म गाँस बास र कपासको लडाइँमै भौतारिनु परिरहेको छ आन्दोलन गरिरहनु परिरहेको छ । दुई बिशाल र शक्ति रास्ट्र चीन र भारत को बिचमा रहेर पनि गरिबिको रेखामुनि रहन बाध्य छौ राजनीतिक अस्थिरता प्रमुख कारण भएता पनि यस्को मुख्य कारण भ्रष्टाचार नै हो । शक्ति रास्ट्रहरुमा भ्रष्टाचारीलाई फाँसी सम्मको सजाय हुन्छ अनि भ्रष्टाचार निर्मुल हुने गर्छ तर नेपालमा भ्रष्टाचार गर्नेलाई राजनीति दलहरुले नै संरक्षण गर्ने गर्छ्न विसौ किलो फुलको मालाले स्वागत गर्छन् अनि भ्रष्टाचारलाई प्रोत्साहन मिल्छ ।त्यसैले यदि नेपाल पनि विकसित र समृद्ध बनाउने हो भने भ्रष्टाचाररुपि क्यान्सरलाई जरै देखि उखेलेर फाल्न सक्नु पर्छ भ्रष्टाचारीलाइ फाँसी सम्मको सजाय दिने कानुन बनाउनु पर्छ यस्को लागि सम्पुर्ण राजनीतिक दलहरु मिलेर सासदबाट चाडो भन्दा चाडो कानुन निर्माण गरि लागू गर्नु पर्दछ ।