ओढार बन्दै काठमाडौं
देशको राजधानी अनि सपनाको शहर काठमाडौं नेपालका ७७ जिल्लाका प्रत्येक शहर गाउँ र कुना कन्दराबाट शिक्षा रोजगारी र अन्य कामको लागि काठमाडौं आएर बस्ने मानिसहरूको संख्या अत्याधिक छ । कोरोनाकाल देखि ओरालो लागेको अर्थतन्त्र अस्थिर राजनीति गैर जिम्मेवार राजनीति नेतृत्व र भ्रष्टाचारले चरम पार गरेकोले देशमा बस्ने कुनै ब्यापार ब्यबसाय गर्ने राम्रो शिक्षा हासिल गर्ने अवस्था नरहेको कारण मानिस सहर छोडेर हिडन बाध्य भएका छन । रोजगारी र गुणस्तरीय शिक्षाको लागी दैनिक दसौं हजार युवाहरु बिदेशीनु परेपछि काठमाडौं दिनानुदिन दिन खाली हुँदै गइरहेको छ जताततै सटर र कोठा खाली भएका सूचना टासिएका छन काठमाडौंका लगभग ४० प्रतिशत घर र सटर खाली भएको तथ्यांक आएको छ यहि क्रम बढदै जाने हो भने काठमाडौं एकदिन खण्डहरमा परिणत हुने स्थानीयबासीहरु बताउछ्न ।