फलफुलको राजा आपको सिजन
नेपालको तराइ क्षेत्रमा यतिबेला आपले बजार ढाकेको छ जेठको पहिलो हप्ता देखि बजारमा आँप निस्किन थालेपनी अहिले आपको मध्य सिजन सुरु भएको छ कुनै बर्ष कम फल्ने आँप यो बर्ष धेरै फलेको आँप कृषक बताउछ्न सरदर ७० देखि १०० रुपैयाँ सम्म पर्ने स्वादिलो मानिने माल्दह आँप अहिले प्रतिकेजी ५० मा किनबेच भइरहेको छ ।