चैनपुरे करुवाको निर्माण पूरा
संखुवासभा जिल्लाको चैनपुर बजार करुवाको लागि प्रसिद्ध मानिन्छ चैनपुरको पहिचान झल्काउने गरि चैनपुरको मुख्य चोक मानिने जिरो पोइन्टमा केही समय अघि करुवाको स्तम्भ राखिए पनि उक्त करुवाको स्वरुप नमिलेको कारण उक्त स्थानमा स्थानीय स्वरुप अनुसारको करुवा पुनः निर्माण गरिएको छ हाल निर्माण भएको करुवाको वजन ७९० किलोग्राम छ भने यस्को उचाई १०.५ फिट रहेको छ उक्त करुवा केही दिनमै पुनर्स्थापित गरिने स्थानिय युवा युबराज ताम्राकारले बताएका छन ।