पोखरा - मुक्तिनाथ संसारकै लामो केवलकार बन्दै
कास्कीको पोखराबाट मुस्ताङको प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ सम्म संसारकै लामो ८१ किलोमिटर केवलकार निर्माणका लागि डिपिआर तयार भइसकेको छ ५५ अर्ब लागतमा बन्ने उक्त यात्रुबाहक केवलकार निर्माणका लागि मुक्तिनाथ केवलकार निर्माण प्रालिले सम्पुर्ण अध्ययन पूरा गरिसकेको छ । यो केवलकार निर्माण पछि मुक्तिनाथ दर्शन गर्न र मुस्ताङ भ्रमण गर्ने पर्यटकको संख्यामा ७०% ले वृद्धि हुने अनुमान गरिएको छ यसले नेपालको पर्यटन ब्यबसायमा ठुलो टेवा पुर्याउने छ ।