अलैंचीको मुल्यमा तेब्बर वृद्धि कृषक उत्साहित
पुर्बी नेपालको ताप्लेजुङ तेह्रथुम इलाम संखुवासभा लगायत पहाडी जिल्लाहरूको प्रमुख नगदे बाली तथा कालो सुन भनेर चिनिने अलैंचीको मूल्य बिगत चार बर्ष यताकै उच्च भएको छ बिगत बर्षहरुमा यो सिजनमा २८ हजार सम्म प्रती मन रहेको मूल्य अहिले ८५ हजार भन्दा माथि पुगेको छ । बिश्व बजारमा अलैंचीको माग बढे सगै अलैंचीको मूल्य आकासिएको अलैंची ब्यबसायीहरु बताउछन् यसरी मुल्य तेब्बर बढेपछी अलैंची किसानहरु खुशी र उत्साहित बनेका छन ।