सताब्दी पूरा गर्दै इटहरी
पुर्बी नेपालको मुटु मानिएको इटहरी चोक १०० बर्ष पहिला कस्तो थियो होला सबैलाइ कौतुहल लाग्नु स्वभाबिक नै हो न सडक न बिजुली न बाक्लो मानव बस्ती ,घना जङ्गल भित्र बयर घारीले छोपिएको इटहरी चोकमा एका दुइ काठले बनेका पातला घर गोठ भेटिन्थे रे उ बेला तराईमा फैलिएको औलो रोगको महामारीका कारण पहाड बाट कोहि मानिस आवतजावत गर्न समेत डराउथे रे यस्तो अबस्थामा त्यहा बसोबास गर्न आउने त कुरै भएन । तराइकै स्थानिय रैथाने मानिने थारु धिमाल र अन्य तराइ मुलका मानिसहरुले बयर घारी फाडेर बस्ती बसाउन सुरु गरेपछी र औलोको महामारी बिस्तारै मत्थर हुँदै गएपछी पुर्बी नेपालका पहाडी जिल्लाहरु बाट मानिसहरु जंगल र खोरिया फाडेर बसोबास गर्ने क्रम बढन थाले सगै हालको इटहरी शहरको जग बसेको मानिन्छ । आज लगभग १०० बर्ष पछि त्यो जंगलले ढाकेको इटहरी ढुङ्गा र कङक्रीटको मात्र शहर बनेको छ । जताततै सडक सन्जाल विद्युत खानेपानी पुल पुलेसा कल कारखाना उद्योग धन्दा आकाश छुने महल बने सगै लाखौ मानिसको सपनाको शहर बनेको छ । स्वास्थ शिक्षाको हब बने सगै पुर्ब नेपालका पहाडी जिल्लाको प्राय सबैको बसोबास स्थल बनेको छ ।