अस्पतालको चौरमा सुत्केरी गराइएको छ ।
बझाङ केन्द्रविन्दु भएर मंगलबार गएको भूकम्पको कारणले अस्पताल बाहिरनै एक महिलाले बच्चा जन्माएकी छन । तलकोट गाउँपालिका १ गोथीचौरकी २० वर्षीय मनिषा ऐडीले ३: २५ मिनेटमा बच्चालाई नर्मल डेलिभरी मार्फत जन्म दिएकी हुन्। डेलिभरीमार्फत बच्चालाई जन्म दिएकी मनिषा र बच्चाको अवस्था सामान्य रहेको छ ।