धरानमा कर्फ्यु लाग्यो
सुनसरी - धरानमा केही दिन अघि देखि धार्मिक र साम्प्रदायिक विवादले उग्र रुप लिइरहेको छ अझ गोरू काटेर खाएको विषयले हिन्दु सनातन धर्म मान्ने र ओमकार परिवार माथी आघात परेकोले सरोकारवालाहरुले भोलि ९ गते शान्ति र सद्भावना र्याली निकाल्ने तयारी पछि मुठभेठको अबस्थालाई मध्यनजर गर्दै उपमहानगरको विभिन्न ठाउँमा आज राति १२ बजे देखि भोलि राति १२ बजेसम्म जिल्ला प्रशासन कार्यालय सुनसरीले निषेधाज्ञा ( कर्फ्यु )जारी गरेको छ।