करेन्ट लागेकी श्रीमतीलाई बचाउन खोज्दा श्रीमानको मृत्यु
झापा अर्जुनधारा–९ कटहरडाँडाका २४ वर्षीय अमृत रेग्मीको करेन्ट लागेर मृत्यु भएको छ कुटी काटिरहेकी २२ बर्सीया पत्नी ममता रेग्मीलाई करेन्ट लागेको देखेपछि बचाउन गएका अमृत आफै करेन्ट लागेर गम्भीर घाइते भएका थिए । उनलाइ तत्कालै उपचारका लागि लैजाँदै गर्दा २४ बर्सिय अमृतको मृत्यु भएको । उनकी पत्नी ममताको हाल बीएन्डसी अस्पतालमा उपचार भइरहेको छ ।