बिराटनगरका रोहित चौधरीलाई गोली हानी हत्या गर्ने दुई पक्राउ
विराटनगरका रोहित चौधरीलाई गोली हानी हत्या गर्ने २ जना पक्राउ :
सुनसरी धरान–इटहरी सडक खण्डको सेउती पुल नजिकैको जंगलमा विराटनगर ५ का रोहित चौधरीलाई गोली हानी हत्या गर्ने २ जनालाई पक्राउ गरी सार्वजनिक गरिएको छ ।
गत साउन ५ गते २८ वर्षीया रोहित चौधरीको हत्या आरोपमा मोरङको लेटाङ नगरपालिका १ का ३५ वर्षीया पर्वत भन्ने दिपक तिमिल्सिना र धरान उपमहानगरपालिका १४ का ३४ वर्षीया अनसन तामाङ्गलाई प्रहरीले पक्राउ गरी सार्वजानिक गरेको हो ।
पक्राउ परेका मध्ये दिपक घटनाको मुख्य अभियुक्त हुन् । उनैले रोहितलाई सुनसरी धरान–इटहरी सडक खण्डको सेउती पुल नजिकैको जंगलमा साउन ५ गते गोली प्रहार गरेका थिए । होहल्ला गर्दै प्रतिकार गरेपछि रोहितलाई लुटेरा समूह मध्येका मुख्य नाईके दिपकले गोली प्रहार गरेको अनुसन्धानबाट खुलेको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । गर्धनमा खुकुरी र छातीमा पेस्तोल देखाएर रोहित सग गएकी युबतीको सुनको सिक्री मोबाइल र ब्याग लूटेका थिए त्यसपछि रोहितले प्रतिकार गरेका थिए ।