सुन तस्करीमा भरिया मात्रै पक्राउ परे मालिक पनि पक्रनु पर्छ : मन्त्री किराँती
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले विमानस्थलमा बरामद भएको सुनको मालिक पक्राउ पर्नुपर्ने बताएका छन् मन्त्री किराँतीले सुन प्रकरणमा विगतमा भरियामात्रै प्रक्रिने गरेको भन्दै यसपटक भने सुनको मालिकलाई पक्राउ गर्नुपर्ने बताए । उनले कसैलाई शक्तिका भरमा संविधान र न्यायभन्दा माथि बस्ने अधिकार नरहेको भन्दै भ्रष्टाचार र तस्करीलाई अन्त्य गर्न जनताले दबाब दिनुपर्ने समेत बताए।
विमानस्थलमा सुन पक्रिएपछि सुदन किरातीको परीक्षा सुरु भयो भनेर भन्ने गरेको भन्दै उनले भन्सार हेर्ने निकाय अर्थ र गृहको भएको स्पष्ट पारे।