जुम्लामा चट्याङबाट ठुलो क्षति
जुम्ला जिल्लाको पातारासी गाउँपालिका-२ पेरे गाउँको दुगडा पाटनमा चट्याङ लागेर ५० वटा भेडाबाख्रा मरेका छन्, भने ७० वटा भेडाबाख्रा अझै बेपत्ता भएका छन्।
पेरे गाउँका भेडाबाख्रा किसान हिरा बहादुर बुढा ६, कृष्ण ऐडी ३ वटा, पृथ्वी बहादुर बोहोरा ७ वटा, निम बहादुर बोहोरा १४ वटा दिप बहादुर ऐडी १५ जय बहादुर ऐडीको ५ वटा भेडाबाख्रा रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारीले जानकारी दिएका छन ।