टुहुरा लासहरु
काठमाडौं : सपना रोक्का मगर उनी एक युवती हुन उनी बेवारिसे लास जलाउने काम गर्छिन उनले यस्ता सयौं लासलाई आफ्नो हातले दागबत्ती दिएकी छन उनी आफ्नो खर्चमा यो काम गर्दै आएकी छन हिजो–आज त मध्यरातमा अमेरिका, अष्ट्रेलिया लगायत देशबाट फोन आउँछ कुनै कुनैले त फलानो ठाउँमा मेरा आमा–बुबाको मृत्यु भएको छ मलाई नेपाल आउन–जान लाखौं लाग्छ बरु म पैसा पठाइदिन्छु मेरो बुबा–आमाको लासलाई दाहसंस्कार गरिदेऊ भन्छन्
त्यस्तालाई पैसा पठाउन पर्दैन तपाईं छोरा हुँदाहुँदै पनि म छोरी बनेर अन्तिम संस्कार पूरा गर्न पाउँदा खुसी छु भन्ने जवाफ दिन्छु । कतिपय मानिस आफ्ना आमा–बुवाको अन्तिम बेलामा अनुहार देख्न पाइएन भने आफ्नो भाग्यलाई दोष दिन्छन् ।