संखुवासभामा भीषण बाढीपहिरो एकको मृत्यु १७ बेपत्ता
संखुवासभा चैनपुर र पाँच खपनमा आएको बाढीपहिरोबाट एक जनाको मृत्यु भएको छ मृतकको पहिचान हुन सकेको छैन भने सुपर हेवा हाइड्रोपावर पुर्ण रूपमा क्षतिग्रस्त भएको छ सोही परियोजनाका १७ जना मजदुर सम्पर्क बिहिन भएका छ्न यसका साथै पाँच खपन र चैनपुर जोडने मोटरेबल पुल सहित किनारमा रहेका सात घर समेत बगाएको छ थप क्षतिको विवरण आउन बाकी रहेको प्रहरी जनएको छ ।