धरानमा पानी उत्सब नुहाउन आउन हर्क साम्पाङको निम्तो
जेठ महिनाको चर्को घाम प्रचण्ड गर्मी तापक्रम बढेर नयाँ रेकर्ड बनाइरहेको अबस्था अनि काकाकुल धरानमा कोकाहाको चिसो पानीमा नुहाउन पाउनु एउटा सपना जस्तै लाग्ने कुरा हो तर आज त्यो सपना मेयर हर्क साम्पाङ र धराने जनताले बिपनामा परिणत गरिदिएका छन ईच्छा शक्ति र लगनशीलता भए जे पनि संभब हुने रहेछ भन्ने कुरा आज धरानले प्रमाणित गरेको छ कैयौ बाधा र अवरोध पार गर्दै आज कोकाहा खोलाको पानी धरानमा झरेको छ । साम्पाङको श्रम अभियानमा निरन्तर साथ दिने सम्पुर्ण धराने जनता अनि देश बिदेश बाट विभिन्न माध्यमबाट सहयोग पुर्याउने सम्पुर्णको सफलता हो यो आज धरानको यो उत्साह र सफलता देखेर संसार लोभिएको छ ।