बिर्तामोडमा बिचल्ली परेका बालबालिकालाई सहयोग गरौ
झापाको बिर्तामोड ४ स्थित सुकुम्बासी बस्तीमा तीन अबोध बालबालिकाहरुको बिचल्ली भएको छ ४ महिना अघिमात्र आमाको दमको रोगका कारण मृत्यु भएपछि उनीहरुको बिचल्ली भएको हो उनिहरुका बुबा पनि डिप्रेसनको कारण मानसिक अबस्था ठिक नभएकोले मानसिक अस्पताल राखिएको छ ११ बर्सिय ठुली छोरी सहित एक भाइ र एक बहिनी मात्र रहेका अबोध बालबालिकाको अभिभावक नै ११ बर्सिया निर्धिका दाहाल बन्नु परेको छ उनको भाइ पनि मुटुको समस्यामा छ्न र उनको बोली समेत आउदैन । साना भाइ बहिनी र आफ्नो सम्पुर्ण खर्च जुटाउन उनी हरेक शनिबार नजिकै रहेको भारतको पानीट्याङकी गएर अरुको सामन बोकेर ३/४ सय कमाएर ल्याउछिन यसैबाट उनी आफु र भाइबहिनीको पालनपोषण गर्दै आएकी छ्न उनिहरु यस्तो अबस्थामा पनि आफ्ना आफन्त नातेदार समेत कोहि न आउने उनिहरुले गुनासो गरेका छन साथै स्कुल जाने लुगा कपडा कापी किताब र घरमा खाने चामल नुन तेल तरकारी समेत नभएको बताएका छन । यस्तो नाजुक र बिचल्ली अबस्थामा रहेका यी नानी बाबुहरुको लागि हामी सबैले आ आफ्नो तर्फबाट सकेको सहयोग गरौ