काठमाडौं महानगरपालिकाकाे कार्यालय अगाडि सडक भासियाे
काठमाडौं २५ साउन । काठमाडौं महानगरपालिकाकाे कार्यालय नजिकै सडक भासिएपछि काठमाडौं महानगरपालिका प्रमुख बालेन शाहले यो टुकुचा माथिको बाटो हो, अझै केही घरहरू यसरी नै टुकुचा माथि रहेका छन्, काठमाडौं महानगरले केही समय पहिले यस्तै जोखिम देखेर खोला खुल्ला गर्न टुकुचा खोल्ने काम शुरू गरेका थियौँ, अदालती कारणले केही रोकिन परेको थियो, अदालतको आदेशपछि हामीले टुकुचा खोलाको क्षेत्राधिकार भित्रका व्यक्ति विशेषका नाममा त्रुटिवश हुन गएको जग्गा कानून बमोजिम लगत कट्टा गर्नको लागि सम्बन्धित मन्त्रालयमा पत्र पठाइसकेका छौँ सरकारले चाँडो भन्दा चाँडो लगतकट्टा गरेर उचित क्षतिपूर्ति वा मुआब्जा दिएर खोलाको अधिकार खोलालाई नै सुम्पिने वातावरण बनाउनुपर्ने र यस पश्चात् खोला खोल्ने काम महानगरले तुरून्त अगाडि बढाउने पनि बताए। ‘यति त सबैलाई थाहा हुनै पर्छ कि, मान्छेले आवश्यकता अनुसार खोलामाथि कतै कतै पुल बनाउन पर्छ, खोलामाथि घर र बाटो होइन,’उनले भनेका छन।सडक भासिएकाे ठाउँ सडक नभएर टुकुचा खोला रहेको फेला परेको छ। दरबारमार्गमा रहेको महेन्द्र शालिक देखि काठमाडौं प्लाजा जोड्ने सडक भासिएको हाे। भासिएको सडक टुकुचा खोला रहेको महानगरपालिका नगरप्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए ।