एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु
काठमाडौं २३ साउन । एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट रसुवाका लागी उडेको एयर डाइनेस्टीको हेलिकप्टर नुवाकोटकाे शिवपुरी गाउँपालिका-७ मा दुर्घटना भएकाे छ । काठमाडौंबाट उडेको ३ मिनेटमा टावरसँग सम्पर्क बिहिन भएको खुलेको छ हेलिकप्टरमा चार जना चिनिया नागरिक सवार थिए भने पाइलट अरुण मल्ल रहेका छन ।