सङ्खुवासभामा विद्युत् प्राधिकरणका कर्मचारि माथि हातपात
काठमाडाैं २० साउन ।सङ्खुवासभाकाे मादी नगरपालिका स्थित नेपाल विद्युत् प्राधिकरण कार्यालयका शाखा कार्यालय मादीका इञ्चार्जसहित दुईजना कर्मचारीमाथि हातपात भएको छ ।
विद्युत् महसुल नतिरेपछि मादिमा विद्युत् प्राधिकरणले लाइन काटिएकाे थियाे लाइन जोड्न धम्की दिँदै स्थानियले कर्मचारी माथि हातपात भएको शाखा कार्यालयका प्रमुख शत्रुधन यादवले जानकारी दिए । यादव उनका अनुसार इञ्चार्ज राजकुमार राई र प्रदीप जिमी माथि यही साउन १५ गते हातपात भएको थियो ।हातपात गरेको आरोपमा मादी नगरपालिका–४ ओखरबोटका स्थानीय लक्ष्मण लिङ्थेप र हर्कहाङ लिम्बू विरुद्ध अभद्र व्यवहार शीर्षकमा इलाका प्रहरी कार्यालय चैनपुरमा उजरी समेत परेको कार्यालयका प्रहरी निरीक्षक बाबुराम कार्कीले जानकारी दिए ।