उपत्यकामा भाेटाे देखाएर भाेटाे जात्रा मनाइदै
काठमाडौं २० साउन । आज भोटो जात्रा अथवा भाेटाे देखाएर मनाइने जात्रा हाे । यो जात्रा काठमाडौँ उपत्यकाको सबैभन्दा प्रसिद्ध जात्रा हो । सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको भोटो देखाएर मनाउने गरिन्छ नेवारी समुदायमा मनाउने चलन रहेकाे छ । भोटो जात्रा करिब एक हजार तीन सय वर्षअघि देखी मनाउदै आएकाे जात्रा हाे । जात्राका अवसरमा आज काठमाडौं उपत्यकामा सार्वजनिक बिदा समेत दिइएको छ ।