प्रभु बैङ्कबाट एक करोड १९ लाख रुपैयाँ गाएब
काठमाडाैं १८ साउन ।झापा बिर्तामोडको एक मम फ्याक्ट्रिका सञ्चालकले एक करोड १९ लाख रुपैयाँबैङ्कमा राखेकाे एक करोड १७ लाख रुपैयाँ खाता बाटै गायब भएकाे छ ।
बिर्तामोड ५ स्थित मम फ्याक्ट्रिका सञ्चालक टीकाराम नेपालले आफ्नो श्रीमती मन्जु नेपालका नाममा रहेको प्रभु बैङ्क बिर्तामोड शाखाबाट आफ्नो एक करोड १७ लाख रुपैयाँ गायब भएकाे भन्दै बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गरेका हुन । श्रीमती मन्जु नेपालले पटक पटक फरक फरक मितिमा प्रभु बैङ्कको बिर्तामोड शाखामा एक करोड १९ लाख रुपैयाँ जम्मा गरेकोमा ६ महिनापछि खातामा ब्यालेन्स चेक गर्न जाँदा आफ्नो खातामा २ लाख मात्र बाँकी नगद देखिएको उनले भनेका छन प्रभु बैङ्कका मार्केटिङ म्यानेजर प्रमोद सिटौलाले आफूले जम्मा जम्मा गरेको रकम नियतवश हिनामिना गरी आफ्नो दुई वटै मोबाइल अफ गरेर सम्पर्कविहीन भएकाे र मेनेजरविरुद्ध जिल्ला प्रहरी कार्यालयमा र इलाका प्रहरी कार्यालय बिर्तामोडमा उजुरी समेत दिएकाे बताएका छन ।